२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

काठमाडौं, जेठ १४ । आइतबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १४ अंकले झरेर १६ सय १५ मा आइपुग्यो । अन्य र होटलबाहेक अरु समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।

बिमा समूहमा सबैभन्दा उच्च १ सय ३४ अंकको गिरावट आयो । उत्पादनमूलक समूहमा ३६ अंक र जलविद्युत् समूहमा २७ अंकको गिरावट आयो । वाणिज्य बैंक र विकास बैंक समूहममा पनि दोहोरो अंकको कमी आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीको १४ लाख ७६ हजार कित्ता सेयर ७६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।