२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


किन समाते त्यसरी ट्रम्पको हात फ्रान्सका राष्ट्रपति म्याक्रोले ?


0
Shares

उनले थपेका छन्,–‘उक्त क्षण आफू कमजोर नभएको देखाउन चालिएको चलाखीपूर्ण कदम हो ।’

म्याक्रोले आइतबार (आज) प्रकाशित एक फ्रेन्च पत्रिकामा भनेका छन्–‘मेरो अमेरिकी राष्ट्रपतिसँगको अभिवादन निर्दोष सांकेतिक अभिव्यक्ति थिएन ।’

फ्रेन्च राष्ट्रपति म्याक्रोले थपे, ‘सांकेतिक रुपमै भएपनि जो कसैले पनि यो कुरा प्रदर्शन गर्नु जरुरी छ कि उ सानो कुरापनि छुट गर्न चाहन्न तर यसलाई बढी चर्चा गरिरहनु पनि आवश्यक छैन ।’

म्याक्रोको कार्यालयले अमेरिकी समाचार संस्था (एपी)को ‘ले जर्नल डु डिमान्चे’ मा आएको टिप्पणी सत्यमा आधारित रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रेन्च राष्ट्रपति म्याक्रोबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सम्मेलनपूर्व भएको भेटमा दुई नेताले लामो समयसम्म हात मिलाएका थिए । यसमा फ्रेन्च राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पले हात छोडेपनि केही सेकेन्ड बढी समातेका थिए ।

सो अवसरमा दुवै जनाको मुख कसिलोसँग बन्द थिए । यी नै विषयमा आ–आाफ्ना किसिमका टिप्पणी आइरहेको बेला म्याक्रोको यो प्रतिक्रिया आएको हो । रासस/एपी