२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


१२ वर्षपछि घर फर्किन् ‘गाँजा क्वीन’


0
Shares

सन् २००४ मा २८ वर्षको उमेरमा उनलाई इन्डोनेसियाको बाली एअरपोर्टबाट ४ किलो गाँजासहित पक्राउ गरी २० वर्षको सजाय सुनाइएको थियो । अहिले उनी ४० वर्षकी भइन् ।

ब्युटी थेरापिस्ट शेपेल कोर्बी नाम गरेकी ती ‘गाँजा रानी’लाई इन्डोनेसियन सरकारले ९ वर्ष जेल सजाय र तीन वर्षको विशेष बन्देजपछि आफ्नो घर अष्ट्रेलिया फर्काइदिएको हो ।

सन् २००७ मा कोर्बीको जीवनमा आधारित ‘गाँजा क्वीन’ नाजक वृत्तचित्र बनेको थियो । जेनिन हान्स्किनले बनाएको उक्त वृत्तचित्रपछि कोर्बी गाँजा क्वीनको नामले चिनिन्छिन् ।

इन्डोनेसियाली सरकारले कोर्बीलाई अनावश्यक सजाय दिएको आरोप अष्ट्रेलियन जनताले लगाउँदै आएका छन् । यसको असर दुई देशको कूटनीतिक सम्बन्धमासमेत देखिएको थियो ।

आफूलाई निर्दोष बताउँदै आएकी कोर्बीले जेलमा असल व्यवहार देखाएको भन्दै इन्डोनेसियाका राष्ट्रपतिले पाँच वर्ष सजाय माफ गरिदिएका थिए ।

बाली जेल प्रमुख सुरुंग पसारीबुले कोर्बीले आफ्नो अपराधको पश्चाताप गरोस् भनेर भगवानसँग प्राथना गरेको बताए । (एजेन्सी)