२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गणतन्त्र दिवसमा देखियो रौनक, प्रधानमन्त्रीले भनेः‘उज्यालो युग सुरु भयो’(भिडियो)


0
Shares

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलगायतको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय सहमतिका आधारमा उल्लेखित कार्यभार पुरा गर्न थप जिम्मेवार र संकल्पबद्ध गराउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताए ।

उनले राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको दाबी गर्र्दै भूकम्पको पूनर्निर्माणको क्षेत्रमा पीडितहरुलाई प्रदान गरिएको अनुदानमा वृद्धि मात्रै गरिएको छैन, नीजि आवास निर्माणको कामले पनि गति लिएको बताए ।

देशको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा गएको भन्दै प्रधानमन्त्री दाहालले ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धि नियन्त्रण, विकास आयोजनाहरुमा हासिल गरिएको प्रगति, लोडसेडिङको अन्त्य र उज्यालो युगको प्रारम्भ भएको बताए ।

उनले सन्तुलित विदेश नीति र छिमेकीहरुसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीहरुको हितका निम्ति गरिएको राजनीतिक, कूटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको पनि बताए ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनका अतिरिक्त संविधान बमोजिम विभिन्न कानुनहरुको निर्माण गर्ने तथा भइरहेका कानुनमा समयसापेक्ष सुधार गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री दाहालले आगामी माघ ७ गतेभित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने बताएका छन् । कार्यक्रममा विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।