
सोमबार राजधानीमा गरिएको कार्यक्रममा पूर्वराष्ट्रपपति डा. रामवरण यादवले माओवादीबाट मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कारबाट सम्मान गरियो । उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
यस्तै, नेपाल भाषा साहित्य पुरस्कारबाट साहित्यकारद्वय फणिन्द्ररत्न बज्राचार्य र शशिकला मानन्धरलाई जनही ५० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरियो ।
यस्तै, पत्रकारिताबाट योगदान पुर्याएको भन्दै पत्रकारद्वय चन्द्रकिशोर झा र रमा लुइँटेललाई जनही ५० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरियो । तेज तीर्थ ट्रष्टले विगत दुई वर्षदेखि यी पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्