
एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त प्रभावित द्विपबाट विस्थापित भएका करिब पाँच लाख सर्वसाधारणको लागि उद्धार साम्रगी आपूर्तिको लागि ती हजारौँ सैनिक तैनाथ गरिएको हो ।
श्रीलंकामा आएको यस भीषण बाढीपहिरोमा अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् ।
सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा गत शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढिपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो भने, ती व्यक्तिको उद्धार सामग्री आपूर्तिको लागि हजारौं सैनिक तैनाथ गरिएको छ ।
उक्त बाढी र पहिरोमा परी हालसम्म १६९ जनाको मृत्यु हनुको साथै १०२ जना हराइरहेका श्रीलंकाको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका ८८ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।
श्रीलंकाको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी पश्चिमी क्षेत्रका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढिपहिरो विगत १४ वर्षपछिको सबैभन्दा भयंकर भएको बताइएको छ ।
समथर भू–भाग भएका तल्ला इलाका अझैपनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् । यस प्रकोपमा मारिएका १६९ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही संख्यामा मृत्यु भएको श्रीलंकाका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताएका छन् ।
उनका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिविरमा लग्नुपरेको थियो ।
सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय संघ संस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्