काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीका सहायक नेपाली कम्पनीहरुले मुख्य ठेकेदार कम्पनीबाट डेढ अर्ब लिन बाँकी रहेको बताएका छन् ।
ठेकेदार कम्पनीका तर्फबाट गठित संघर्ष समितिले पत्रकार सम्मेलन गरि मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सिएमसिले आफुहरुलाई डेढ अर्ब दिन बाँकी रहेको भन्दै सो रकम छिट्टै भुक्तानी गरिदिन सरकार समक्ष माग गरेका छन् ।
खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीलाई आयोजनाको जिम्मा दिने वा नदिने भन्ने विषयमा छलफल भईरहेको समयमा उनीहरुले सरकार समक्ष आफ्नो रकम भुक्तानी माग गरेका हुन् ।
आयोजनाको बाँकी कामका लागि अन्य ठेकेदार कम्पनी छनौट गरेपनि आफूहरुले प्राप्त गर्नुपर्ने रकम सरकारले दिनुपर्ने संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले बताए ।
सीएमसीलाई नै आयोजना ठेक्का दिने वा नदिने भन्ने विषयमा आयोजनाले निर्धारण गरि नसकेपनि आफुहरुले पाउनुपर्ने रकम तत्काल दिन उनीहरुले माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्