Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


शेयर बजारमा गिरावट जारी


0
Shares

काठमाडौं । साताको पहिलो दिन पनि पूँजी बजार दोहोरो अंकले ओर्लियो ।

आइतबार उतारचढावबीच शेयर बजार परिसूचक नेप्से १२ अंकले ओर्लिएर ११ सय २७ मा विन्दुमा आइपुग्यो ।

यसदिन होटल समुह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च १ सय ६० अंकले गिरावट आयो ।

यस्तै निर्जिवन बिमा समूहमा पनि १ सय १० अंकको गिरावट आयो । यसदिन कारोबार पनि खुम्चियो ।

१ सय ६० कम्पनीको ७ लाख ८२ हजार कित्ता शेयर जम्मा २३ करोड ५१ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।