Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मुस्लिम गठबन्धनले भन्यो–‘असार ९ को चुनाव सार, सहभागी हुन सक्दैनौं’


0
Shares

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जेठ १३ गतेदेखि असार १२ गतेसम्म मुस्लिम समुदायको एक महिने रमजानको व्रत हुने भन्दै निर्वाचनमा सहभागिताका लागि कठिन हुने जनाएको हो ।

गठबन्धनले रमजान सकिएपछिमात्र निर्वाचनको मिति तय गर्न आग्रहसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिममियाँ अनसारीले सबै धर्म, जातजाति र समुदायको भावना समेटेर निर्वाचनको मिति तय गर्न आग्रह गरे ।

असार १४ गते निर्वाचनको मिति तय गरिए निर्वाचनमा सहभागी हुन सकिने उनीहरुको भनाइ छ ।