१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नेपाल–भारत सीमा दुई दिन बन्द हुने


0
Shares

निर्वाचनमा कुनैपनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले भारतँसग सीमा जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासीलगायतका जिल्लाका सीमानाका दुई दिन बन्द गर्न लागिएको हो ।

नेपाल र भारतका अधिकारीहरुको मंगलबार भैरहवामा बसेको संयुक्त बैठकले आगामी असार ८ र ९ गते सीमा बन्द गर्ने र सुरक्षा सतर्कता बढाउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा भारत, उत्तर प्रदेशका महारजगन्ज, सिद्धार्थनगर र बलरामपुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरु सहभागी थिए ।