
अमेरिकाले यस किसिमको मिसाइल प्रतिरक्षा प्रणालीको परीक्षण गरेको पहिलो पटक हो ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रतिरक्षा प्रणालीको परीक्षण योजना पहिलेदेखि नै बनाइएको भए पनि उत्तर कोरियासँगको बढ्दो तनावका बीच गरिएको जनाएको छ ।
क्यालिफोर्नियास्थित एक सैन्य हवाई अड्डाबाट परीक्षण गरिएको प्रतिरक्षा प्रणालीले प्रशान्त महासागरमाथि पुगेर नक्कली मिसाइललाई नष्ट गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्