१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सहमतीय सरकार गठनको समयसीमा आज सकिने, सहमति जुट्न कठिन


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि सहमतीय सरकार गठन गर्न राष्ट्रपति भण्डारीले गत बिहीबार दलहरुलाई सात दिनको समय दिएकी थिइन् ।

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दासमेत दलहरुबीच सरकार गठनका विषयमा सहमति जुट्न सकेको छैन । यस विषयमा दलहरुबीच पर्याप्त छलफलसमेत हुन सकेको छैन ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि मंगलबार सर्वदलीय बैठक आह्वान गरेको भए पनि नेकपा एमाले अनुपस्थित भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नै बैठकमा अनुपस्थित भएपछि सहमतीय सरकार गठनको सम्भावना लगभग टर्दै गएको छ । संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत छ ।

आजसम्म सहमतीय सरकार गठनका लागि दलहरुबीच सहमति जुट्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउनुहुने भएको छ ।