Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


काष्ठमण्डप पुनर्निर्माणः आज चारवटा मूल थाम ठड्याइयो


0
Shares

काठमाडौं । पुनर्निर्माणको क्रममा सातौ शताब्दीको काष्ठमण्डपमा आज चारवटा मूल थाम ठड्याइएको छ ।

काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको ‘प्यंग था’अर्थात चार वटा थाम आज विशेष संकल्प पूजा गरी ठड्याइएको हो ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतले संकल्प पूजा गरेका थिए ।

सो अवसरमा जीवित देव गणेश,भैरव र मखन टोलकी जिवित देवी कुमारीसमेत उपस्थित थिए ।

पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुरानै प्रविधिमा काष्ठमण्डपको पुनर्निर्माण गरिने बताए ।

चार वटा थाम मध्ये एउटा पुरानै र ३ वटा नयाँ प्रयोग गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका झण्डै १८ करोड रुपैंया लाग्ने र  तीन वर्षभित्र सकिने समितिले जानकारी गराएको  छ