२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


काबुलको कुटनीतिक क्षेत्रमा विस्फोट, ४९ जनाको मृत्यु


0
Shares

मारिनेमा अधिकांश सर्वसाधरण छन् । धेरै जना घाईते भएका छन् । घाईते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

जर्मनीको दूतावास रहेको जानबाक स्क्वायर नजिक सवारी साधनमा बम राखी विष्फोट गराइएको थियो ।

राष्ट्रपतिको कार्यालय र विदेशी दूतावास नजिक यो विष्फोट गराइएको हो । विष्फोटका कारण फ्रान्सको दूतावासमा समेत क्षति पुगेको छ ।

भवनहरुमा क्षति पुगेको छ भने धेरै सवारी साधन समेत जलेका छन् । विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

पछिल्लो समय अफगानिस्तानको कमजोर सुरक्षा व्यवस्थालाई लिएर व्यापक आलोचना भैरहेको छ । इस्लामिक अतिवादी समुह आईएसले आक्रमण र विष्फोटका घटना तिब्र पारिरहेको छ ।(एजेन्सी)