२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं महानगरका मेयर–उपमेयरको शपथमा जे देखियो (भिडियो)


0
Shares

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

शपथग्रहणपछि महानगरपालिकाका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले आफू महानगरपालिकाको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

आफू सबैलाई मिलाएर अघि बढ्ने भन्दै उनले महानगरपालिकामा विकासको कामलाई तीव्रता दिन सबैको सहयोग आवश्यक हुने बताए ।

नवनिर्वाचित उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिकालाई विश्वकै सुन्दर नमुना महानगरपालिका बनाउने बताइन् ।

महानगरपालिकाको फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सुरक्षित र सुविधायुक्त महानगरपालिका बनाउनेमा आफ्नो जोड रहने उनको भनाइ थियो ।

शपथग्रहणपछि प्रमुख शाक्य र उपप्रमुख खड्गीले सहिद स्मारक, गणेशमान शान्तिबाटिका, मंगलादेवी पार्क, पुष्पलाल स्मृतिपार्क, मदन भण्डारीको शालिकमा माल्यापर्ण तथा बसन्तपुरस्थित कुमारी घरमा पुगेका थिए ।

वडाध्यक्षहरुले भने शपथग्रहणपछि आ–आफ्नो वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए ।

३२ ओटा वडाका सदस्यहरुलाई भने महानगर प्रमुख शाक्यले शपथग्रहण गराएका थिए ।

उनीहरुले नेपाली र नेपाल भाषा दुबैमा शपथ खाएका थिए । काठमाडौं महानगरमा १६२ जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित भएका छन् ।

भिडियो हेर्नुहोस्