२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


कक्षा-११ को परीक्षा असार १ देखि १० गतेसम्म


0
Shares

बोर्डको बुधबार बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा–११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सन्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्यसचिव डिल्ली रिमालले जानकारी दिए ।

असार ८ गतेदेखि सन्चालन गर्न तय गरिएको परीक्षा सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ गतेदेखि सन्चालन हुने भनिएको परीक्षा अगाडि सारिएको हो ।

दोस्रो चरणको चुनावका कारण छिटो परीक्षा लिने काम सम्पन्न गर्न शनिबारसमेत परीक्षा सन्चालन हुने रिमालले बताए ।

बोर्डको शैक्षिक क्यालेन्डरअनुसार वैशाख २४ गतेदेखि परीक्षा सन्चालन हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनका कारण पटक–पटक मिति सारिँदा विद्यार्थी अन्योलमा पर्दै आएका थिए ।

परीक्षामा चार लाख ४९ हजार विद्यार्थी सहभागी हुने भएका छन् । रासस