Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सत्ती भन्सार कार्यालयबाट तीन महिनामा करिब २ करोड रुपैयाँ राजस्व संकलन


0
Shares

कैलाली, माघ २७ । कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालयले पछिल्लो साढे तीन महिनामा करिब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बसन्त केसीले कर्मचारीको अभावमा सोचेजस्तो राजस्व संकलन गर्न नसकेको बताए ।

गत कात्तिकदेखि माघ १५ गतेसम्म भन्सार कार्यालयले १ करोड ९० लाख ६१ हजार ८ सय २५ रुपैयाँ संकलन गरेको उनले जानकारी दिए ।

खुला सीमा नाका र पर्याप्त कर्मचारी नहँुदा पनि राजस्व संकलनमा केही कमी आएको हो । कात्तिकको अन्त्यमा भन्सारसँगै सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. बेसक्याम्प स्थापना भएपछि राजस्व संकलनमा बृद्धि भएको भन्दै भन्सार अधिकृत केसीले सशस्त्रको उपस्थितिपछि चोरी निकासीमा पनि कमी आएको बताए ।