२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


टर्कीेमा सेनाको हेलिकप्टर दुर्घटनामा १३ को मृत्यु


0
Shares

सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय समयाअनुसार बुधबार २०ः५५ बजे अबेर राती उडेको केही समयमै ‘हाइभोल्टेज’का कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीका रक्षामन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका छन् ।

सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पुगिसकेको बताइएको छ । रासस/सिन्ह्वा