२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नवराज सिलवालको मुद्दाको सुनुवाइ असार १ मा


0
Shares

                                                                                   फाइल फोटो
न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा बिहीबार सुनुवाइ सुरु भइ बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनः आगामी असार १ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

निवेदन सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए ।

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेपछि वरीयताक्रममा आफू पहिलो नम्बरमा भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस