
फाइल फोटो
समाजका सभापति सांसद कुलबहादुर गुरुङको नेतृत्वमा शुक्रबार बिहान गएको प्रतिनिधिमन्डलले सभापति शेरबहादुर देउवालाई भेटी पार्टी संगठन र राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गरी सुझाव दिनेक्रममा यस्तो माग गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेस सहभागी भएको सरकारले गरेका कतिपय निर्णयले पार्टीको लोकप्रियतामा पारेको नकारात्मक प्रभाव र पहिलो चरणको निर्वाचनमा पार्टीले प्रतिबद्ध एवं लोकप्रिय व्यक्तिलाई टिकट नदिँदा स्थानीय तहको निर्वाचनमा आशातीत सफलता प्राप्त गर्न नसकेकोतर्फ सभापति देउवाको ध्यानाकर्षण गराइएको समाजका महासचिव विनयध्वज चन्दले बताए ।
‘दोस्रो चरणको स्थानीय तह, प्रदेश र संसदको निर्वाचनमा उम्मेदवार तय गर्दा पहिलो चरणको निर्वाचनमा भएको कमजोरीलाई नदोहोर्याइ निश्चित विधि र प्रक्रिया निर्धारण गरेर लोकप्रिय उम्मेदवार तय गर्न माग गरेका छौं’–उनले भने ।
पछिल्लो समयमा राष्ट्रिय राजनीतिमा पार्टीले खेलेको भूमिकाका कारण जनतामा पर्न गएको निराशालाई चिर्दै सरकारको नेतृत्व गर्दा स्पस्ट र लोकप्रिय राजनीतिक अडानका साथ प्रस्तुत् हुनुपर्ने समाजको माग छ ।
पार्टीलाई थप वैचारिक स्पष्टता र नवीन कार्यक्रमका साथ परिचालित गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिमन्डलले सुझाव प्रस्तुत् गरेको महासचिव चन्दले बताए ।
प्रतिनिधिमन्डलको सुझावको प्रत्युत्तरमा सभापति देउवाले पहिलो चरणको निर्वाचनमा देखिएका कमी–कमजोरीलाई हटाइ पार्टीलाई थप गतिशील बनाउने र कांग्रेसको नेतृत्वमा बन्ने सरकारले विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने वचनबद्धता प्रकट गरेका थिए ।
प्रतिनिधिमन्डलमा समाजका सहअध्यक्ष गोविन्दराज जोशी, महासचिव चन्द, सहसचिव रामबहादुर गुरुङ, संस्थापक सदस्यद्वय लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकाल सहभागी थिए । रासस
प्रतिक्रिया दिनुहोस्