२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रधानमन्त्रीको चुनाव आइतबार, उम्मेदवारी दर्ता शनिबार


0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो ।

व्यवस्थापिका–संसद नियमावली–२०७३ को नियम ४९ को उपदफा (२) बमोजिम प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते आइतबार बिहान ११ बजे गर्नेगरी सूचना जारी गरिएको जनाइएको छ ।

संसद–सचिवालयकाअनुसार शनिबार (भोलि) बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय रहेको छ ।

यस्तै, शनिबारै दिउँसो साढे ४ बजे उम्मेदवारहरुको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको छ भने आइतबार निर्वाचन हुने कार्यक्रम सार्वजनिक गरिएको छ ।

एमालेले भने संसदबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ११ गते पदबाट राजीनामा दिएका थिए ।