१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


विषाक्त खानाका कारण दुई जनाको मृत्यु, दुई विरामी


0
Shares

शुक्रबार बिहान ढिँडोसँगै आलु र भ्यान्टाको तरकारी खाएका २० वर्षीया चिना गुरुङ र उनका १४ महिने छोराको विषाक्त खाना(फूड पोइजनिङ)का कारण मृत्यु भएको हो ।

खाना खाएपछि बिरामी परेका उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्‍याए पनि त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल बेनीमा ल्याइएको थियो ।

चिनाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिए ।

उनका छोराको पनि उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फूड पोइजनिङका चिनाका पति प्रेम गुरुङ र आमा झपीकला बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।