२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रधानमन्त्रीको निर्वाचनबारे एमालेले कस्तो रणनीति बनाउला ?


0
Shares

भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुचारु नभएसम्म संसद् बैठक चल्न नदिने र प्रधानमन्त्री चयनको मनोनयन प्रक्रियामा भाग नलिने जनाएको एमालेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता भइसकेको अवस्थामा आफ्नो रणनीति तय गर्ने प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने, भरतपुर घटनाबारे किनारा नलागेको अवस्थामा भोलि बिहान ११ बजे बस्ने संसद् बैठक अवरोध गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीको पछिल्लो धारणा तय गर्न लागेको हो । रासस