
कर्तव्य गरेर उनीहरुको ज्यान गएको भन्दै माडीमा स्थानीयले आइतबार (आज) प्रदर्शन गरेपछि घटना रहस्यमय बनेको हो ।
उनीहरुले घटनाको अनुसन्धानगरी दोषिलाई तत्काल कारबाही गर्नसमेत माग गरेका छन् । बालिकाको शरीरका विभिन्न ठाउँमा चोट देखिएको र रगतसमेत देखिएको भन्दै कसैले हत्या गरेको आशंका उनीहरुको छ ।
भरतपुरमा पनि विभिन्न १९ संघसंस्थाले आइतबार (आजै) संयुक्त विज्ञप्ति जारीगरी घटनाको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
अधिकारकर्मी अम्बिका मुडभरीले घटनाको प्रकृति हेर्दा बलात्कारको आशंका रहेको भन्दै प्रहरीले यथाशक्य चाँडो दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने बताइन् ।
शनिबार (हिजो) साथीहरुसँग वनभोज खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीय दिपशिखा परियार र सात वर्षीया दीपिका सुनारलाई पोखरीमा डुबेको अबस्थामा फेला पारिएको थियो । उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।
अहिले मृतक बालिकाको शवपरीक्षण भएपनि प्रतिवेदन प्राप्त भइनसकेको र घटनाको अनुसन्धान भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्