
तीन वर्षभित्र बनाइसक्ने उद्देश्यले सुनसरीको धरानदेखि उदयपुर, सिन्धुली र मकवापुरको हेटौंडासम्म सडक आसपास पर्ने एक हजार एक सय रुख तथा सडकमा पर्ने पोलसमेत हटाई धमाधम काम भइरहेको हो ।
पूर्व सुनसरीको धरानदेखि चतरा, गाईघाट, कटारी सिन्धुली हुँदै मकवानपुरको हेटौंडासम्म डबल लेन बन्ने सो सडकको लम्बाई ३ सय १८ किलोमिटर छ । सडकको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ । सडक निर्माणका क्रममा विभिन्न स्थानमा ३३ वटा पुल बनाइने छ ।
पूर्व–पश्चिम वैकल्पिक राजमार्गको रुपमा सात वर्षयता धरानदेखि हेटौंडासम्म भित्री तराई हुँदै बन्दै गरेको सडक निर्माण गर्न विभिन्न प्याकेजमा काम भइरहेको हो । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी टेण्डर लगाईएको हो ।
पूर्व–पश्चिम आवतजावत गर्न सहज र छोटो मानिने यो सडक निर्माणले भित्री मधेशका जिल्लाहरुमा बसोवास गर्नेलाई यातायातको पहुँच स्थापित गर्नेमात्र नभई सामाजिक तथा आर्थिक विकासमा समेत टेवा पुर्याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्