Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


काठमाडौं उपत्यका २०७६ बाट अनुभव गर्नेगरी स्मार्ट सिटी बन्ने


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालीकाले उपत्यकालाई पुरातात्विक रुपमा नै विकास गर्देस्मार्ट सिटि बनाउने घोषणा गरेको थियो ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मुख्य चुनावी एजेन्डा पनि यही रहेको थियो ।

उपत्यकालाई स्मार्ट सिटि बनाउनको लागी मोनोरेल ल्याउने, बाहीरी चक्रपथलाई व्यवस्थित बनाउने लगायतका प्रतिवद्धता उनको थियो ।

तर उपत्यकाको विकासको गति हेर्दा भने काठमाडौं स्मार्ट हुन अझै कति समय लाग्ने हो भन्न सकिने अवस्था बनेको छैन ।

काठमाडौं उपत्यकाका प्रवक्ता ईश्वरमान डंगोल भने उपत्यका केही हदसम्म स्मार्ट भईसकेको र आगामी २०७६ सालबाट महानगरबासीले अनुभुत नै गर्ने दाबी गरे । 

उपत्यकामा सुविधाजनक यात्रु प्रतिक्षालय बनाउने, स्मार्ट पार्क बनाउने, स्मार्ट शौचालय बनाउने लगायतको तयारी भैरहेको प्रवक्ता डंगोलको भनाई छ ।

तर डेढ वर्ष पुग्न लाग्दा समेत काठमाडौंका सडकहरु कालोपत्रे भैसकेका छैनन, विजुलीका तारहरु त्यत्तिकै अव्यवस्थित देखिन्छन्, ठाउँठाउँमा ढलहरु फुटीरहेका दृश्य सामान्य जस्तै नै भैसके, सांस्कृति सम्पदाहरुको पुर्ननिर्माणको अवस्था पनि उत्तिकै सुस्त नै देखिन्छ ।

उपत्यकालाई स्मार्ट सिटी बनाउनको लागी महानगरले हाम्रो काठमाडौं, हामी आफै बनाऔं भन्ने नाराको साथ प्रतिस्पर्धात्मक कार्यक्रम पनि ल्याएको छ ।

यसमा १ सय ४२ वटा नयाँ विचारलाई प्राथमिकताका साथ अघि सारिएको महानगरले जनाएको छ । 

 

 

Skip This