२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयर बजारमा सोमबार सुधार


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले उकालो लागेर १६ सय २ कायम भयो । वित्तबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो ।

उत्पादनमूलक समूह सबैभन्दा उच्च २१ अंकले उकालो लाग्यो । बिमा, विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो । जलविद्युत्, होटल र अन्य समूह सामान्य अंकले सकारात्मक रहे । वित्त समूह नगन्य अंकलेमात्र रातो रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको १४ लाख कित्ता बराबर सेयर ६२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।