१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


काठमाडौंमा संकलन गरिएको शैक्षिक सामाग्री जुम्लाका विद्यालयलाई


0
Shares

जुम्लाको गोराँमा स्थित मन सामुदायिक प्रावि र खलंगाको शम्भुनाथ ज्ञानकुन्ञ्ज माविका करिब १ सय ४० विपन्न विद्यार्थीलाई एक सामारोहबीच शैक्षिक सामाग्रीत तथा विद्यालयलाई प्राथमिक उपचारका सामाग्री उपलब्ध गराइएको स्थानीय संयोजक रामसिंह रावलले जानकारी दिए ।

काठमाडौंमा बसोबास गर्ने विभिन्न पेशामा आबद्ध व्यक्तिहरुले करिब २ लाख ५० हजार बराबरको उक्त सामाग्रीहरु सहयोग गरेका थिए ।

विद्यार्थीलाई झोला, कापी, पेन्सिल, कलरबक्स, ज्यामिती बक्स साथै बललगायतका सामाग्री उपलब्ध गराइएको हो । 

सामाग्री संकलन गरी विकट गाउँमा पुर्‍याउन एयर होस्टेज सरिता चन्द र सर्जित कर्माचार्य, पत्रकार ज्योति देवकोटालगायतले भूमिका निर्वाह गरेका थिए ।

सामाग्री वितरण समारोहमा बोल्दै पत्रकार ज्योति देवकोटाले हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई, हुने खानेले हुँदा खानेलाई सहयोग गर्ने संस्कार र संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताए ।

क्यारोल्टोन परिवार, लायन्स क्लब अफ काठमाडौं निर्वाना, बुद्ध एयर, अपना महाराजा परिवारलगायतले शैक्षिक सामाग्रीका लागि आवश्यक सहयोग गरेका थिए ।

school2