
जिल्लाको गजुरी हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना६ख १३७ नम्बरको एलपी ट्रक बेनिघाटमा चेकजाँच गर्नेक्रममा चरेस फेलापरेको हो ।
प्रहरीले ट्रक चालक मकवानपुर, मनहरी गाउँपालिका–६ का कृष्णबहादुर राई र सहचालक मनहरी–६ कै आयुष लामालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
माइक्रोबसको ठक्करबाट दुईजनाको मृत्यु
धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेमा मंगलबार माइक्रोबसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु१ज २६७४ नम्बरको माइक्रोबसले सडकछेउबाट हिँड्दै गरेका सिम्लेका बन्दना परियार र गंगा थापालाई ठक्कर दिएकोमा बन्दनाको घटनास्थलमै र गंगाको उपचारका लागि काठमाडांै लगिँदै गर्दा मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन् ।
आक्रोशित स्थानीयहरुको भीडले करिब ४ घन्टा पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्