
बजार परिसूचक नेप्से १४ अंकले झरेर १६ सय २३ कायम भएर थामियो । उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे ।
बिमा समूहमा सबैभन्दा उच्च १ सय १५ अंकको गिरावट आयो । होटल समूह ४० अंकले झ¥यो । जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले घटे । वित्त र अन्य समूह भने नगन्य अंकलेमात्र ऋणात्मक रहे । उत्पादनमूलक समूह ९ अंकले उकालो लाग्यो । अघिल्लो दिनको तुलनामा कारोबार पनि केही खुम्चियो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४९ कम्पनीको १२ लाख ८० हजार कित्ता सेयर ७७ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्