
संसद र सर्वोच्च नेता आयतोल्लाह खोमेनीको समाधीस्थलमा बन्दुकधारीको श्रृखलाबद्ध आक्रमणमा परी १२ जना मारिएका थिए ।
घटनामा घाईतेको संख्या पनि धेरै रहेको जनाइएको छ । समाधिस्थलमा आक्रमण गर्ने आत्मघाती सुरक्षा कारवाहीमा मारिएका छन् ।
दुई जना आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । आईएसले इरानमा गरेको यो पहिलो आक्रमण हो ।
यसअघि आईएसले इरानका अल्पसंख्यक सुन्नी मुसलमानलाई इरानी सरकारविरुद्ध विद्रोह गर्न उक्साएको थियो ।
अमेरिका र साउदी अरबले घटनाको भत्र्सना गरेका छन् । संसारभरमा शिया र सुन्नी मुसलमानबीचको मनमुटावका कारण यो घटना भएको बताइएको छ ।
खाडीमा साउदी अरब मुस्लिम ब्रदरहूडको बिरोधी र कतार समर्थकका रुपमा चिनिन्छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्