
बुधबार सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्डामन समुद्रमा भेटिएको म्यानमारको मूख्य सैनिक हवाई अड्डाले जनाएको छ ।
जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको छ । विमानमा १४ जना चालक दलका सदस्य र १ सय ६ जना सैनिकका आफन्त तथा परिवार रहेका थिए ।
खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । म्यानमारको राजधानी रंगुनबाट मेइक शहरका लागि उडेको विमान दुर्घटनामा परेको हो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्