७ असार २०८२, शनिबार | Sat Jun 21 2025


तोकिएकै मितिमा निर्बाचन हुनेमा मतदाता सशंकित, देखिएन रौनक


0
Shares

-कविराज घिमिरे/ईमेज

तर निर्वाचनको तयारी पूरा हुन लाग्दासम्म तोकिएको मिति असार १४ मै निर्वाचन हुनेमा सर्बसाधारण भने ढुक्क हुन अझै सकेका छै्नन् ।

असार १४ गतेको लागि तोकिएको दोस्रो चरणको निर्बाचनको तयारी धनकुटामा अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

सातै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी आफ्नो कार्य सुरु गरेका छन् ।

मतदान सामाग्री व्यवस्थापन, मतदान कर्मचारी छनोट, मतदाता परिचय पत्र व्यवस्थापनलगायतको कार्य समेत सकिएको जनाइएको छ ।

त्यस्तै मतदाता शिक्षाको कार्यक्रम समेत ९० प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।

निर्वाचन अगावै गरिने सम्पुर्ण कार्य पुरा गरी निर्वाचनको मिति पर्खिएर बसेको निर्वाचन कार्यालय धनकुटाका सुचना अधिकारी केशब पौडेल बताउँछन् ।

कार्यालयले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याउंदा समेत सर्वसाधारण भने असार १४ मै निर्वाचन हुनेमा ढुक्क हुन सकेका छैनन् ।

बिभिन्न बहानामा निर्वाचनको मिति पटक पटक सर्दा तथा मधेसवादी दल अहिलेसम्म निर्वाचनमा नआएको कारण ढुक्क हुन नसकेको स्थानीय सुजित प्रधान बताउँछन् ।

धनकुटालगायत ४१ जिल्लामा निर्वाचन बैसाख ३१ बाट जेठ ३१, असार ९ हुंदै असार १४ गतेलाई सरेको हो ।

तर यो सिजन कृषकको मुख्य काम गर्ने समय भएकाले चुनावमा पहिलेको जति रौनक समेत नहुने धनकुटा खोकुका नारायण जुन राई बताउँछन् ।

यो स्थानीय तहमा धनकुटामा कुल ९५ हजार ३ सय ८७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

बिभिन्न बहानामा पटक पटक निर्बाचनको मिति सारिंदा बांकी ४१ जिल्लाको सर्बसाधारण भने अझै पनि ढुक्क हुन सकेका छैनन् ।

त्यसैले राजनीतिक दलले सर्बसाधारणलाई निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा ढुक्क बनाउन जरुरी छ ।