Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


बैंकको व्याज वृद्धिका विरुद्ध सुर्खेतका व्यापारी पनि सडकमा


0
Shares

-मानबहादुर वली/ईमेज

सुर्खेत । बैंकहरुले मनपरी ढंगले ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले विहिबार बैंक बहिष्कारसहित वीरेन्द्रनगरमा विरोध र्‍याली प्रदर्शन गरेको छ ।

सिन्डिकेट जसरी एकपक्षीय रुपमा बैंकहरुले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धरसायी हुने स्थितिमा पुगेको भन्दै सुर्खेतका व्यावारीहरुले बैंक वहिष्कार सहित विरोध प्रदर्शन गरेका हुन् ।

ब्याजको विरोधमा मंगलगढीबाट निस्किएको उद्योगी व्यवसायीको र्यालीले मुख्यबजार, गणेशचौक, अस्पतालचौक हुँदै जिल्ला प्रशासन कार्यालय पुुगी प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवमार्फत अर्थमन्त्रीलाई विरोधपत्र समेत बुझाएको थियो ।

विरोधपत्रमा तीन तहका सरकारले लगाएका करलाई परिस्थितिजन्य बाध्यता र आर्थिक समृद्धिको आवश्यक्ताका रुपमा लिएपनि बैंकहरुको चर्को ब्याजले व्यापार व्यवसाय चौपट हुने अवस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

चर्को ब्याजदरको बिरोधमा संघका पदाधिकारी कसैले पनि बैंकिङ कारोबार नगरेकोे उद्योग वाणिज्य संघका सुर्खेतका महासचिव लक्ष्मण कंडेले बताए ।

बैंकहरुले उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा ७ प्रतिशत र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजी क्षेत्र नै धरासायी हुने कडेंलको भनाई छ ।