३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


कतारविरुद्ध सुरक्षा परिषदमा इजिप्टको उजुरी


0
Shares

इजिप्टले संयुक्त राष्ट्र सुरक्षा परिषदसँग यस सम्बन्धमा जाँच गर्न माग गरेको छ । कतारले इराकस्थित अतिवादी समूहलाई एक सय करोड डलर फिरौती दिएको आरोप इजिप्टले लगाएको हो ।

यो रकम कतारको शाही परिवारका केही व्यक्तिसहित २६ जनालाई अतिवादी कब्जाबाट छुटाउन खर्चिएको दावी गरिएको छ । दक्षिण इराकमा शिकारमा रहेका बेला शाही परिवार अतिवादी कब्जामा परेको केहीले बताएका छन् ।

गत हप्तामात्र साउदी अरब, इजिप्ट, बहराइन, यमन, लीबिया, संयुक्त अरब इमिरेट्सले कतारसँग सम्बन्ध एक साथ तोडेका थिए ।

कतारले आईएस र अलकायदालाई समर्थन गरेको आरोप यी देशले लगाएका छन् भने कतारले आरोप अस्वीकार गर्दै आएको छ । (एजेन्सी)