Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भेनस ब्राण्डका सिभिल कन्सट्रक्सनका उत्पादन नेपाली बजारमा


0
Shares

काठमाडौं । अटोमोवाइल इन्ड्रस्ट्रिज तथा रोड कन्सट्रक्सन इक्विपमेन्टको बिक्री वितरण गर्दै आएको परिना इन्टरनेशनल प्रालि.ले भारतीय भेनस ब्राण्डका उत्पादन पनि स्थानीय बजारमा ल्याएको छ ।

सिभिल कन्सट्रक्सन उत्पादक भारतको प्रख्यात कम्पनी भेनस इक्विपमेन्टको भेनस ब्राण्डका लागि पनि परिना इन्टरनेशनल आधिकारिक बिक्रेता नियुक्त भएको हो ।

“गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता” भन्ने लक्ष्यका साथ अधि बढेको भेनस ब्राण्डका उत्पादनहरु औद्योगिक प्रष्ठिान पुल, सडक, हाइड्रोपावर, फ्लाइओभर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोगी हुने कम्पनीले जनाएको छ ।