काठमाडौं । बीमा बजारमा नयाँ कम्पनी थपिने भएको छ ।
जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले माघ २७ गतेदेखि विधिवत् कारोबार संचालन गर्ने भएको हो ।
कम्पनीले डबल सावधिक बीमा, लगानीफिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना सार्वजनिक गरेको छ ।
महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्