काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई उच्च सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा उनले जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भीर भएर लागिरहेको बताए ।
उनले वास्तविक आवासविहिनको साथमा सरकारको साथ रहँदै आएको र अब पनि निरन्तर सहयोग हुने स्पष्ट बताउनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्