२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेप्से दोहोरो अंकले बढ्यो, कारोबार पनि सुधारियो


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ अंकले बढेर अन्तिम दिन १६ सय १५ अंकमा पुग्यो ।

गत साता नेप्से ११ अंकले घटेको थियो । यस साता होटल, वित्त र उत्पादमुलक बाहेक अरु कारोबार भएका समूहमा सुधार आयो । व्यापार समूह भने स्थिर रह्यो ।

यस साता कारोबार परिमाणमा पनि सुधार आयो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीहरुको तीन अर्ब ३५ करोड ७ लाख रुपैयाँ बराबरका ५९ लाख ४३ हजार कित्ता सेयरहरु खरिद बिक्री भए ।

गत साता १ सय ५८ कम्पनीहरुको दुई अर्ब ८४ करोड ८३ लाख रुपैयाँ बराबरका ५१ लाख २१ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

कारोबार रकम गत साताको भन्दा साढे १७ प्रतिशत बढि हो । यस साता कारोबार रकम र कारोबार संख्याको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक एवं कारोबार भएको सेयर संख्याको आधारमा सिभील बैंक अग्रस्थानमा रह्यो ।

कारोबार रकमको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिभिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालय जनरल इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।