७ असार २०८२, शनिबार | Sat Jun 21 2025


पाँचथरमा स्थानीय तह निर्वाचनको तयारी पूरा


0
Shares

मतदान केन्द्र, मतदाता संख्या अद्यावधिक तथा सुरक्षालगायतको व्यवस्थापनकार्य चुस्त–दुरुस्त पारिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

अब मतदान केन्द्रमा रुजु गरिसकिएको मतपत्र दुवानी गर्नमात्र बाँकी रहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार श्रेष्ठले बताए ।

पाँचथरमा जम्मा १ लाख १६ हजार ६ सय ३० मतदाता छन् । जिल्लाका एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामा १५६ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

भारतसँगको सीमा प्राङ्बुङ, सिदिन, च्याङ्थापु, क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।