Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


बरमझियाका पेंडा पसल : एकै खालका नामले ग्राहक अलमलमा


0
Shares

उदयपुर, माघ २४ । पेंडाको राजधानी भनेर चिनिने सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझियामा पसलको नाम एकैखाले हुँदा यात्रु अलमलमा पर्ने गरेका छन् ।

बरमझियामा करिब ८० वटाभन्दा बढी पेंडा पसल छन् । तर, अधिकांश पेंडा पसलका नाम ‘पुरानो बुढोको पेंडा पसल, बुढो बाजेको पेंडा पसल, पुरानो बुढो बैजनाथको पेंडा पसल’ लेखिएका होर्डिङबोर्ड र साइन बोर्ड टाँसिएका छन् । जसले गर्दा पेंडा खानकै लागि यहाँसम्म पुग्ने ग्राहक भने अलमलमा पर्ने गरेका छन् ।

यता, व्यापारी भने नाम राख्ने सवालमा वैधनाथ साहले दुई दशक अगाडी पेंडा बनाएको र बुढो वैधनाथको प्रशिद्धिले सबैले पसलको नाम ‘बुढो’, ‘पुरानो’ जोड्ने गरेको बताउँछन् ।

बरमझियाको पेंडा भारतको पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशसम्म जाने गरेको व्यापारीहरु बताउँछन् । पूर्व–पश्चिम राजमार्गको भारदह–कञ्चनपुर सडक खण्डको बरमझियामा प्रतिदिन ३५ सय किलोसम्म पेंडाको कारोबार हुने गरेको छ ।