इलाम, माघ २४ । इलामबासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ ।
इलाम नगरपालिकाभित्रका पम्पहरुबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगर कार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो । संघीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले हटाएको थिएन ।
संघीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदुषण नियन्त्रण कर भनेर लिँदै आएको हो । फागुन १ गतेबाट ५० पैसा कर नलिने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए ।
पाँच महिनाको अवधिमा हालसम्म अतिरिक्त शुल्कमार्फत करिव पाँच लाख रुपैयाँ संकलन भएकोे छ ।









प्रतिक्रिया दिनुहोस्