२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौंमा चोरी गरेर फरार भएका दुईजना चितवनबाट पक्राउ


0
Shares

पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । चोरी गरेर काठमाडौंबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

दुवैजना काठमाडौं महानगरपालिका– ३२ तीनकुने, गौरीगाउँस्थित विवेक अधिकारीको घरबाट गत जेठ २४ गते रु ५० हजार, मोबाइललगायत इलेक्ट्रोनिक सामान चोरी गरेर फरार भएका थिए । उनीहरुको पिछा गर्दै चितवन आइपुगेका अधिकारीले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई पक्राउ गर्न सकिएको हो ।

दुवैजनालाई कारबाहीका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ । (रासस)