२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


तमोर नदी किनारमा बस्ने माझीहरुको पुख्र्यौली पेशा संकटमा


0
Shares

नदीमा पैदल यात्रीका लागि झोलुंगे पुल र सवारी साधन आवागमनका लागि पक्की पुल निर्माण भएपछि उनीहरूको डुंगा चलाउने व्यवसाय ठप्प भएको हो ।

यस्तै माझी समुदायको माछा मार्ने पेशा पनि संकटमा परेपछि जीविकोपार्जनका लागि समस्या हुन थालेको छ ।

खोलामा विद्युतीय करेन्ट तथा विषादीको प्रयोग गरी अरूले पनि माछा मार्दा नदीमा माछा नै पाउन छाडेको माझीहरु बताउँछन् ।

बाढी र पहिरोले पनि माछा मारिदिएकाले माछा पाउन छाडेको उनीहरुको भनाइ छ ।

तमोर नदी किनारमा रहेका तेह्रथुम र पाँचथरका माझीटार, स्याबरुम्बा, नक्कलेघाटलगायतका स्थानमा बसोबास गर्दै आएका माझीहरु विस्थापित हुन थालेका हुन् ।

पुख्र्यौली पेशा मासिएपछि माझीहरु पनि खेतीपाती, मजदुरी र परदेश तिर जान थालेका छन् ।

तमोर किनारमा तेह्रथुम र पाँचथरमा मात्रै गरी करिब तीन सय घरधुरी माझी समुदायको बसोबास छ ।