Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


निर्मला पन्तको नाममा चिल्ड्रेन पार्क निर्माण सुरु


0
Shares

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको नाममा चिल्ड्रेन पार्क निर्माणको काम सुरु भएको छ ।

भीमदत्त नगरपालिका–२ को वडा कार्यालयले निर्मला अध्ययनरत विद्यालय सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणको काम सुरु गरेको हो ।

वडा कार्यालयले आज पार्कको शिलन्यास गरेको छ ।

वडा कार्यालयको निर्णयअनुसार निर्मलाको सम्झनामा चिल्ड्रेन पार्क निर्माणको काम सुरु गरेको भीमदत्त नगरपालिका २ का वडाअध्यक्ष डम्मरसिंह कार्कीले जानकारी दिए । 

उनले पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा ५ लाख विनियोजन गरिएको बताए ।

चिल्ड्रेन पार्कमा पुष्पवाटिका तथा साना बालिबालिका खेल्नका लागि खेल मैदान र झुलाको निर्माण गरिने छ ।

पार्क निर्माणका लागि १२ लाख ४४ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  चिल्ड्रेन पार्क अर्को वर्ष तयार गर्ने लक्ष्य लिइएको छ ।