Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मन्त्रालयलाई जानकारी नै नदिई श्रम स्वीकृतिबारे विभागको पत्र !


0
Shares

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जानकारी बिनै भारतीय श्रमिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने सूूचना जारी भएको खुलासा भएको छ । 

यही माघ १० गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा काम गर्न भारतीय श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने भन्दै सबै श्रम कार्यालयलाई पत्राचार गरेको थियो । तर श्रम मन्त्रालयले भने सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि आश्चर्य व्यक्त गरेको छ ।

मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलाइएको हो भन्नेबारे आज स्पष्ट पार्ने सहसचिव घिमिरेले बताए ।