
प्रहरीले दिएको जानकारीअनुसार जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्वदेशी तथा विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् ।
गत वर्षको तुलनामा यो वर्ष म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्यामासमेत वृद्धि भएको छ ।
उत्तरी म्याग्दीको भूरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका भएर पर्यटकहरु म्याग्दी भित्रिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए ।
कास्कीको घान्द्रुक, हिमालपारीको जिल्ला मुस्ताङ र कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत् सीधै हेलिकोप्टरको सहायताले जिल्ला भित्रिने गरेका छन् ।
म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिलबाट देखिने मनोरम दृश्यावलोकन, म्यागासेसे पुरस्कार विजेता महावीर पुनको गाउँ नांगी तथा महरेडाँडाको अवलोकन, राउन्ड धौलागिरि र अन्नपूर्ण पदयात्रा तथा धौलागिरि हिमाल आरोहण गर्न आउने गरेका छन् ।
त्यस्तै, सिंगा तथा भूरुङ–तातोपानीको तातोपानी कुन्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथलगायतका क्षेत्रमा उल्लेख्य संख्यामा पर्यटक आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्