Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संघीयतामा वित्तिय हस्तान्तरणः नेपालको अनुभव र चुनौती


0
Shares

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगका सचिव बैकुण्ठ अर्यालले स्रोतको आंकलन र खर्चका क्षेत्रबीच तादात्म्यता कायम गर्न र खर्चको प्राथमिकीकरण गर्नु चुनौती रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको ‘संघीयतामा वित्तिय हस्तान्तरणः नेपालको अनुभव र चुनौती’ विषयक अन्तरक्रियामा उनले तीन तहको सरकारबीच समन्वय कायम गर्न पनि चुनौती देखिएको बताए ।

यस्तै प्रदेश र स्थानीय तहको राजस्वको आधार र क्षमता सबल नभइसकेकाले केन्द्रीय स्रोतमा ठूलो चाप पर्ने, पूँजी निर्माणमा निजी लगानी आवश्यक पर्ने भएकाले आन्तरिक ऋण पनि चाहेजति उपलब्ध नहुने चुनौती रहेको उनले बताए ।

एकल खाता प्रणालीको सञ्‍चालनमा समस्या पर्न सक्‍ने पनि उनले बताए । संघीयता कार्यान्वयनको चरणमा देखिएका केही समस्या समाधान गरिदै गएको पनि उनले बताए । आयोगले पूर्णता नपाउँदा कर्मचारीतहबाट गरिएको काम र सिफारिस मन्त्रिपरिषद्बाट हुने गरेको उनले जानकारी गराए ।

वित्तीय संघीयता कार्यान्वयनमा देखिएका समस्या पहिचान र समाधानको उपाय दिन सरकारले गठन गरेको तीन सदस्यीय समितिले कर, राजश्व लगायतका विषयमा सुझाव छिट्टै सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।