वासिंङटन डिसीस्थित नेपाली दूताबासका अनुसार खराब मौसमका कारण शव ल्याउन नसकिएको हो । शव ल्याउन अझै केही समय लाग्ने स्रोतले जनायो ।
पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात रहेको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकप्टर पुग्न नसकेको बताइन्छ ।
अमेरिकास्थित नेपाली राजदूताबास स्रोतले दिएको जानकारी अनुसार अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा उनको निधन भएको थियो ।
उनको जुन १६ मा निधन भएको दूतावासले जनाएको छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।
करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो ।
अमेरिकी आधिकारीक निकायबाट नेपाली राजदूतावासलाई यसको जानकारी गराइएको थियो ।
पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।
संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्