कृषकमा प्राविधिक ज्ञानको अभावका कारण टिम्मुर खेर जाने गरेको हो ।
बजारमा प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने टिम्मुर संकलन गर्ने औजार र प्रशोधन गर्ने प्राविधिक ज्ञानको अभावले कृषकले लाभ लिन नसकेका हुन् ।
म्याग्दीको बेनी नगरपालिकासहित रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगा, पात्लेखेत, घतानलगायत गाउँपालिकाका पाखा र जंगलमा टिम्मुर पाइने गरेको छ ।
टिम्मुर खेतीको प्रचुर सम्भावना रहे पनि अहिलेसम्म घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिँदै आएको छ ।
यसलाई व्यवसायिक उत्पादन गरेर बजार विस्तार गर्न सके आम्दानीको राम्रो स्रोत बनाउन सकिने स्थानीयबासिन्दा बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्